एजेन्सी, बैशाख ३ ।
श्रीलङ्काको राजधानी कोलम्बोमा फोहोरमैलाको थुप्रोमा पुरिएर मृत्यु हुनेको सख्या २१ पुगेको स्थानीय प्रहरी अधिकारीले जनाएको छ ।फोहोरको थूप्रोमा पुरिएकालाई उद्धार गर्न सयौँ सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ ।
गत शुक्रबार ९० मिटर अग्लो बाँध भत्किएपछि आएको फोहोर सहितको बाढीको कारण २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक सय ४५ वटा घर क्षतिग्रस्त भएको हो ।
घटनास्थलमा तिव्रताका साथ उद्धार कार्य भइरहेको जनाएको छ । यस्तो जटिल अवस्थामा पुरिएकामध्ये कोहीपनि जिवितै होला भन्ने कल्पना गर्न धेरै गाह्रो भएको प्रहरीले स्थानीय समाचारलाई बताएका छन् ।
श्रीलङ्काका राजधानी कोलोम्बोदेखि उत्तरपूर्वी क्षेत्रमा पर्ने कोलोन्नावामा आएकोे प्रकोपमा परी एक जना महिला र तीन जना पुरुष हराइरहेको खबर आएको पनि उनले बताए ।
श्रीलङ्काकाको कोलम्बो नेशनल हस्पिटलमा मृत्यु भएका २१ जनामध्ये ११ देखि १५ वर्ष उमेर समुहका चार जना बालबालिका रहेको जनाएको छ । अस्पतालका प्रवक्ता पुष्प सोयसाले हराइरहेकाको अहिले पनि खोजी कार्य भइरहेको बताएका छन् ।