उत्तर कोरियाले अमेरिकालाई चेतावनी स्वरूप गरिएको मिसाइल परीक्षण असफल

उत्तर कोरियाले अमेरिकालाई चेतावनी स्वरूप गरिएको मिसाइल परीक्षण असफल

  • आइतवार, बैशाख ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

एजेन्सी, बैशाख ३ ।
उत्तर कोरियाले अमेरिकालाई आक्रमणका लागि चेतावनी दिँदै आफ्नो पूर्वी तटीय क्षेत्रमा गरिएकोे आणविक मिसाइल परीक्षण असफल भएको छ । दक्षिण कोरियाले उक्त मिसाइल परीक्षण असफल भएपछि सोबारे विस्तृत छलफललाई व्यापकता दिएको छ । उत्तर कोरियाद्वारा एउटा ब्यालेस्टिक मिसाइल परीक्षण गर्दागर्दै केही सेकेण्डमा नै विष्फोट भएको अमेरिकाले जनाएको छ ।

अमेरिकाले आफ्ना सैनिकहरूलाई उत्तर कोरियाली प्रायद्वीपबाट फिर्ता नगरे अमेरिकाविरुद्ध आणविक आक्रमण गर्न तयार रहेको भन्दै उत्तर कोरियाले अमेरिकालाई चेतावनीसमेत दिएको थियो ।

आफ्ना संस्थापक नेता किम इल सङको एक सय पाँचौँ जन्म जयन्तीको अवसर पारेर उत्तर कोरियाले शनिबार सेना तथा ट्याङ्करलगायत अन्य सैनिक उपकरणसहित प्योङयाङमा सैनिक परेडमार्फत शक्ति प्रदर्शन गरेको थियो ।

संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथी कुनै पनि प्रकारको आणविक परीक्षण गर्न प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले केही समय अघिदेखि पाँच वटा आणविक मिसाइल श्रृंखलाबद्ध रूपमा परीक्षण गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी