एजेन्सी, बैशाख ३ ।
सिरियाको एलेप्पो शहरनजिक भएको एक आत्मघाती कार बम विष्फोटनमा परी ४५ जना मारिएका छन् ।
संघर्षको चेपुवामा परेका मानिसलाई सुरक्षित स्थानमा लैजान विद्रोही नियन्त्रित क्षेत्रमा बस केहीँबेर रोकिँदा सो आक्रमण भएको थियो । बसमा दुई वटा गाउँबाट मानिसहरूलाई लगिँदै थियो ।
ती गाउँ विद्रोहीको घेरामा रहेको अधिकारीहरूले जनाएका छन् । घटनापछि संघर्षको चेपुवामा परेकाहरूलाई बाहिर लैजान थप चुनौती बनेको बताइएको छ । संघर्षको चेपुवामा फसेकाहरूलाई चार शहरबाट लैजान सहमति भएको थियो । विद्रोहीहरूले भने इरान र कतारको मध्यस्थतामा भएको सम्झौता सरकारले उल्लंघन गरेको आरोप लगाइएको छ ।
सरकार र विद्रोही नियन्त्रित क्षेत्रबाट करिब ३० हजार मानिसलाई निकाल्नु पर्ने अनुमान रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline