भारतीय सेनाले गाडीको अगाडि बाँधेर युवकलाई घुमाएपछि……….

भारतीय सेनाले गाडीको अगाडि बाँधेर युवकलाई घुमाएपछि……….

  • शनिबार, बैशाख २, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

कश्मिर, वैशाख २ ।भारतीय सेनाले कश्मिरमा पुनर्मतदानका क्रममा भएको ढुंगामुढा रोक्नका लागि अपनाएको तरिका अहिले विवादमा परेकाे  छ ।

आन्दोलनकारीले ढुंगामुढा गरेपछि सेनाले आन्दोलनकारी मध्येका एक युवकलाई आफ्नो गाडीको अगाडि भागमा बाँधेर घुमाएको भिडियो भाइरल बनेको छ । उक्त भिडियो सामाजिक संजालमा फैलिएपछि व्यापक विरोध भएको छ ।

भारतीय संचारमाध्यमका अनुसार ती युवकको नाम फारुक डार हो । उनी बडगामका बासिन्दा रहेको बताइएको छ ।

सेनाले उनलाई नियन्त्रणमा लिइ बाँधेर गाडीको अगाडि बाँधेर घुमाएको बताइन्छ ।

जम्मु कश्मिरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लाले ट्वीट गर्दै यसलाई राज्य सरकारको असफलता भनेका छन् ।

रक्षा मन्त्रालयले घटनाको छानविन गर्न आदेश दिएको छ । सेनाको जिपमा कसैले ढुंगा हान्न नसकोस् भन्ने उद्देश्यले त्यसरी युवकलाई बाँधेर घुमाइएको बताइएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी