अमेरिकाद्वारा अफगानिस्तानमा अहिलेसम्मकै ठुलो बम आक्रमण

अमेरिकाद्वारा अफगानिस्तानमा अहिलेसम्मकै ठुलो बम आक्रमण

  • शुक्रबार, बैशाख १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काबुल, १ वैशाख । अमेरिकाले अफगानिस्तानको पूर्वी नानगारहार प्रान्तमा अहिलेसम्मकै ठूलो बम प्रहार गरेको छ ।

बमहरुको  एमओएबी बम इस्लामिक स्टेट (आईएस) लडाकूहरुको दरिलो प्रभाव रहेको क्षेत्रमा प्रहार गरिएको अधिकारीहरुले बताएका छन् ।

यस्तो प्रकारको बम प्रहार भएको यो अहिलेसम्मकै पहिलो भएको उनीहरुको भनाई छ । उक्त बमको शक्ति ११ टन टीएनटी बराबर भएको बताइएको छ ।

इराकसँग युद्ध भएका बेला बनाइएको शक्तिशाली बम तीन महिनामा तयार भएको थियो ।

छोटो समयमा बम बनाइएपछि १३ दिनको अवधिमा तीन पटकसम्म यसको सफल परीक्षण गरिएको थियो । एयर फोर्सका अनुसार पछिल्लो समय यसको परीक्षण २००३ मा भएको थियो ।

पाकिस्तानको सीमा क्षेत्रमा पर्ने नानगारहार प्रान्तको आचिन जिल्लामा बिहीबार झन्डै नौ मिटर लामो उक्त बम खसालिएको छ ।

सुरुङ भित्र रहेका आईएस लडाकूहरुलाई लक्षित गरी अमेरिकी विमानमार्फत् आक्रमण भएको बताइएको छ ।

आचिन जिल्लाका गभर्नर स्माइल शिनवारीले आक्रमणमा परी कम्तीमा पनि ३६ जना आईएस लडाकु मारिएको रक्षा मन्त्रालयले जनाएको बताउनुभयो ।

उहाँले आक्रमण भएको मोमान्ड डारा क्षेत्रमा निक्कै उचाईसम्म आगोको लप्का देखिएको बताउनुभयो । गभर्नर स्माइलले घटनाको पूर्ण बिबरण भने आइनसकेको जानकारी दिनुभयो ।

घटनास्थल अफगानिस्तानको निकै दुर्गम र पहाडी क्षेत्र भएकाले कुनै सर्वसाधारण नरहेको अमेरिकी पक्षको दाबी र विश्वास रहेको छ ।

आईएस लडाकुहरुले निर्बाध रुपमा हिँडडुल गर्न प्रयोग गर्ने र त्यहाँ लुकेर अमेरिकी तथा अफगान फौजलाई आक्रमण गर्ने सुरुङ र गुफाहरुमा रहेका लडाकूहरुलाई निशाना बनाएर आक्रमण गरिएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसरले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी