सरकारविरुद्ध आन्दोलन थप उग्र बन्दै, आन्दोलनमा पाँचको मृत्यु

सरकारविरुद्ध आन्दोलन थप उग्र बन्दै, आन्दोलनमा पाँचको मृत्यु

  • शुक्रबार, बैशाख १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी, बैशाख १ ।
भेनेजुएलामा सरकार विरोधी आन्दोलन थप उग्र बनेसँगै जनप्रदर्शन बाक्लिँदै गएको छ । गत बिहीबार साँझ ठूलो हावाहुरी तथा मौसमी झरी परे तापनि राजधानी काराकसको समृद्ध पूर्वी ईलाकामा झरीमा रुझ्दै, हावाहुरीको कुनै वास्ता नगरी हजारौँ जनताले विरोध प्रदर्शनलाई जारी नै राखेका छन् ।

दुई हप्ता अघिदेखि सुरु भएको यस्तो विरोध प्रदर्शन र जनआन्दोलन आजदेखि तेश्रो हप्तामा प्रवेश गरेको छ । आन्दोलनको क्रममा, यस अवधिभित्र कलेजमा अध्ययनरत दुई जना विद्यार्थी, दुई जना सर्वसाधारणहित अहिलेसम्म पाँच जनाको ज्यान गइसकेको स्थानीय सरकारी अधिकारीले जनाएका छन् ।

सरकारी सुरक्षाकर्मीहरूलाई नियन्त्रण गर्न हम्मेहम्मे परोस् भन्ने मनसायले भेनेजुएलाका विपक्षी दलहरूले देशभरका करिब तीन सय महानगरमा बिहीबार एकै पटक एउटै समय पारेर विरोध प्रदर्शन गर्न आव्हान गरेका थिए ।

तर धेरैजसो स्थानमा कडा मौसमी आँधीबेहरी र आरीले घोप्ट्याएजस्तै गरी झरी परेकाले विरोध प्रदर्शन बिथोलिन पुगेको थियो । राजधानी काराकसमा निस्केको जुलुस सुरुमा अन्यत्रको तुलनामा अपेक्षाकृत शान्त भए तापनि प्रदर्शनीको अन्ततिर एक जना अल्लारे ठिटोले दङ्गा प्रहरीको समूहमा ढुङ्गामुढा गरिदिँदा प्रहरीले अश्रुग्याँस छाडेपछि भागदौड मच्चिई भीड तितर बितर भएको छ ।

अश्रुग्याँसको असरबाट बच्न धेरैजसो प्रदर्शनकारीले अनुहारमा मुकुण्डो, रसायनले भिजेको कपडा, चस्मा र अन्य उपकरण लगाएका थिए । भेनेजुएलामा स्वर्गीय राष्ट्रपति ह्युगो चाभेजले करिब २० बर्षअघि समाजवादी क्रान्ति (सोसलिस्ट रिभोल्युशन) अघि सार्नु भई विभिन्न सामाजिक सुधारका कार्यक्रमहरू लागू गरी गरिब, निमुखा र विपन्न वर्गको आय आर्जन र जीवनस्तर उत्थानका लागि ठूलो राष्ट्रिय प्रयास गरेका थिए । राष्ट्रपति ह्युगो चाभेजको शासनकालपछि यस क्रान्तिले इमान्दारीतापूर्वक निरन्तरता पाउन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी