अमेरिकाले अफगानिस्तानमा खसाल्यो नन न्युक्लियर बम

अमेरिकाले अफगानिस्तानमा खसाल्यो नन न्युक्लियर बम

  • शुक्रबार, बैशाख १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी १ वैशाख ।
अमेरिकाले अफगानिस्तानमा अहिलेसम्मकै सबैभन्दा ठूलो नन न्यूक्लियर बम खसालेको छ । जीबियू ४३ नाम दिइएको यो बमलाई मदर अफ अल बम्सको उपमा दिइएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले यो बम अफगानिस्तानको नागहार प्रान्तस्थित विद्रोही समुह आइएसको क्षेत्रमा खसालेको बिबीसीले जनाएको छ । बम आक्रमणपछि क्षतिको विवरण भने बाहिर आएको छैन ।

सन् २००३ मा परीक्षण गरिएको यो बम प्रयोग भने गरिएको थिइएन । यो बमको तौल ९ हजार ८ सय किलो र यसको लम्बाई ३० फिट भन्दा धेरै भएको खबरमा उल्लेख छ ।

गएको हप्ता अफगानिस्तानमा आइएससँगको लडाइँमा अमेरिकी सैनिकको ज्यान गएपछि यस्तो बम खसालिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी