यमनमा ९० लाख भन्दा बढी भोकमरीको चपेटामा

यमनमा ९० लाख भन्दा बढी भोकमरीको चपेटामा

  • बिहिबार, चैत्र ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, चैत्र ३१ ।
द्वन्द्वग्रस्त यमनमा ९० लाखभन्दा बढी मानिसहरूलाई तत्काल मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले जनाएको छ ।

उक्त क्षेत्रमा तत्काल खाद्य सहायता र्पुयाउन नसके गम्भीर भोकमरीको चपेटामा पर्ने जनाएको छ । यमनका सबै क्षेत्रमा भोकमरीको अवस्था रहेको र अहिले मानिसको जीवन रक्षाका लागि तीब्र गतिमा सहयोग गर्नु पर्ने आवश्यकता रहेको पनि बताइएको छ ।

भोकमरीका कारण आपतकालिन अवस्था सिर्जना भएको र यो अवस्थाको सामना गर्नका लागि एक अर्ब २० करोड अमेरिकी डलर भन्दा बढी आवश्यक पर्ने डब्लुएफपीले जनाएको छ । यमनमा भोकमरी तथा खाद्य सुरक्षाको अवस्था निकै गम्भीर अवस्थामा पुगेको छ ।

अहिले ६७ लाख भन्दा धेरै मानिसलाई तत्काल आधारभुत खाद्यान्न सहयोगको खाँचो रहेकोमा २२ लाख भन्दा बढी बालबालिका परेको डब्लुएफपीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी