काठमाण्डौ ,३१ ।
वर्ष २०७३ मा विश्व राजनीतमा पनि महत्वपूर्ण घटनाहरु भए । यही वर्ष बेलायत जनमतसंग्रह गराएर यियुबाट बाहिरीने निर्णय । यियु छाड्ने निर्यायपछि डेविट क्यारोनले राजिनामा गरेपछि दोस्रो महिला प्रधानमन्त्रीको रुपमा टेरेसा मे ले जिम्वेवारी सम्हाल्नुभयो ।
यसै वर्ष अमेरिकाले पनि राष्ट्रपतिको रुपमा नया नेतत्व चयन ग¥यो । बाराक ओवामाको दुई कार्यकाल समाप्त भएपछि डेमोके्रटिककी हिलारी क्लिन्टनलाई पराजित गरी रिपब्लीकनका डोनाल्ड ट्रम अप्रत्यासित रुपमा अमेरिकाको ४५ औ राष्ट्रपति निर्वाचित हुनुभयो ।
यसवर्ष आतंकवादी संगठन आई एस एसले पश्चिमा देशहरुमा सयौको ज्यानजानेगरी अतंकवादी हमाला ग¥यो । सिरियामा वर्षौ देखि चलिरहेको गृहयुद्धमा सर अल असदको विरोध र समर्थनमा रुस–अमेरीका समबन्ध तनावपूर्ण नै रह्यो । वार्षको अन्तिममा असद सरकारले रासायनिक हतियार प्रयोग गरेको आरोप लगाउदै अमेरिकाले सिरियाका हवाई अड्डाहरुमा आक्रमण गरेपछि अवस्था थप तनावपूर्ण भएको छ ।
उत्तर कोरियाले यसवर्ष संयुक्त राष्ट्रसंघ तथा शत्तिराष्ट्रहरुको चेतावनीको बवजुतपनि लामो दुरिसम्म मार हान्न सक्ने विभिन्न हतियारहरु परिक्षण ग¥यो । अमेरिकाको नेतृत्वमा डोनाल्ड ट्रम्प आएपछि अमेरिका कोरिया सम्बन्ध झनै आक्रमक बन्दै गएको छ ।
यसै वर्ष चिन, भारत, ब्राजिल, दक्षिण अफ्रिका लगाएका राष्ट्रहरुको ब्रिक्स सम्मेलन भारतमा सम्पन्न भयो । भारत– पकिस्तान बिचको चिसिएको सम्बन्धका कारणले यस वर्ष पाकिस्तानमा हुने भनिएको सार्कको शिखर सम्मेलन स्थगित बन्न पुग्यो ।