लादेनको कारबाहीमा संलग्न रहेका अमेरिकी सैन्य टोली दक्षिण कोरियातर्फ

लादेनको कारबाहीमा संलग्न रहेका अमेरिकी सैन्य टोली दक्षिण कोरियातर्फ

  • बिहिबार, चैत्र ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी, चैत्र ३१ ।
पाकिस्तानको एबोटाबादमा आतंकवादी संगठन ‘अल कायदा’ का तत्कालीन प्रमुख ओसामा विन लादेनविरुद्धको सैन्य कारबाहीमा संलग्न रहेका अमेरिकी सेनाको विशेष टोली दक्षिण कोरियामा पुगेको छ ।

उत्तर कोरियाको परमाणु कार्यक्रम र शक्ति प्रदर्शनपछि अमेरिकाले सुरक्षात्मक कारबाही अघि बढाइरहेको समयमा अमेरिकी सैन्य टोली दक्षिण कोरियातर्फ पुगेको हो । अमेरिकी सेनाको सो टोलीले दक्षिण कोरियाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्ने बताइएको छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयकाअनुसार उत्तर कोरियाद्वारा गरिँदै आएको भड्काउपूर्ण गतिविधि नियन्त्रणमा अमेरिका र दक्षिण कोरियाले सहकार्य जारी राख्ने छन् ।

उल्लेखनीय छ, अमेरिकी नेभी सिलको समूहले सन् २०११ मा पाकिस्तानको एबोटाबादमा लादेन बस्दै आएको घरलाई घेरेर सैन्य अप्रेशन गरेको थियो । अकस्मात गरिएको सो कारबाहीमा लादेन मारिएका थिए भने पाकिस्तानले समेत उक्त अप्रेशनको पूर्वजानकारी पाएको थिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी