डेली मेलले मेलानियालाई ३० लाख डलर क्षतिपूर्ति दिने

डेली मेलले मेलानियालाई ३० लाख डलर क्षतिपूर्ति दिने

  • बुधबार, चैत्र ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एजेन्सी । बेलायतको डेली मेल अखबारले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई ‘यौनकर्मी’ भनेवापत् ३० लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । अखबारले मेलानियाको मोडलिङ करिअरका बारेमा प्रकाशित गरेको लेखमा उनी कुनै समय यौनकर्मी (एस्कर्ट) का रुपमा काम गर्ने गरेको उल्लेख गरिएको थियो ।

गतवर्षको राष्ट्रपति निर्वाचनका बेला प्रकाशित उक्त लेखलाई डेली मेलले पछि हटाएको थियो । उक्त लेख प्रकाशित भएपछि मेलानियाले १५ करोड डलर क्षतिपूर्तिको माग गर्दै गत सेप्टेम्बरमा अदालतमा मुद्धा दायर गरेकी थिइन् । तर, पछि ३० लाख डलरमा सहमति भएको थियो ।

लण्डनस्थित उच्च न्यायालयमा भएको सुनुवाईका क्रममा मेलानियाले अखबारका तर्फबाट मागिएको माफी र क्षतिपूर्तिलाई स्वीकार गरेकी थिइन् । अखबारले ‘मेलानियाप्रति लगाइएका आरोप सत्य नभएको’ स्वीकारेको छ । ४६ वर्षीय मेलानिया स्लोभेनियामा जन्मिएकी थिइन् । सन् १९९० मा एक मोडलका रुपमा अमेरिका आएकी उनले सन् २००५ मा डोनाल्ड ट्रम्पसंग बिहे गरेकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी