मृत्युदण्डको दृष्य हेर्ने साक्षीको अनुभव , सडकमा पनि उसैको अनुहार देखिन्छ !

मृत्युदण्डको दृष्य हेर्ने साक्षीको अनुभव , सडकमा पनि उसैको अनुहार देखिन्छ !

  • बुधबार, चैत्र ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी , चैत ३० ।

सहज मृत्यु हेर्न त कठिन मान्नेहरु कसैको मृत्युको क्षण हेर्न सक्लान् ? तर अर्काको मृत्यु हेर्न चाहने मानिस होलान् ? यस्तो प्रश्न तपाईलाई अनौठो लाग्न सक्छ । तर कयौं यस्ता मुलुक छन् , जहाँ कानुनअनुसार दिइने मृत्युदण्डमा साक्षीका रुपमा केही खास मानिसलाई सहभागी गराइन्छ ।

त्यस्तै मुलुकमध्ये एक हो अमेरिका । हमेरीकाको केही राज्यमा कानुन अनुसार कसैलाई दिइने फाँसीमा आम नागरिक पनि साक्षीका रुपमा सहभागी हुन अनिवार्य छ । उनीहरुको उपस्थितिविना फाँसी दिन मिल्दैन ।

सोहि कानुनको पालना गर्न मृत्युदण्डको दृश्य हेर्न पुग्ने दम्पति हुन् ,टेरेसा क्लार्क र उनका पति लेरी क्लार्क ।
केही वर्ष यता कयौं अपराधीलाई दिइएको मृत्युदण्डका साक्षी बसेका छन् । अर्थात् उनीहरुले फाँसी दिइएको दृष्यलाई साक्षीका रुपमा हेरेका छन् ।

लेरी क्लार्कले पहिलो पटक फाँसीको सजायँ एक्लै गएर हेरेका थिए तर फर्किएपछि उनले पत्नी टेरेसालाई पनि त्यस्तो दृष्य हेर्न प्रोत्साहित गरे । उनले भने, ‘वास्तवमै फाँसी हेर्न लायक चीज रहेछ ।’

टेरेसाले सन् १९९८ मा पहिलो पटक फाँसी हेरेकी थिइन् । डगलस बुकानन जुनियर नाम गरेका एक अपराधीलाई आफ्नै पिता, सौतेनी आमा र सौतेनी दाजुभाइको हत्या कसुरमा मृत्युदण्ड दिइएको थियो ।

टेरेसा र लेरीजस्ता मानिस फाँसी दिइएको दृष्य हेर्न रहरले भने जाँदैनन् । उनीहरु कानुनी आवश्यकता पुरा गर्नका लागि त्यस्ता दृष्य हेर्न जाने गर्दछन् । तर फाँसी दिएको दृष्य हेर्ने मानिस हम्मेसी पाइँदैन । किनकि त्यस्तो दृष्य जोकोहीले हेर्न सक्दैन ।

फाँसी यसरी दिइन्छ 

टेरेसाका अनुसार बुकाननलाई फाँसी दिने दिन उनी त्यो दृष्य हेर्न जेल पुगिन् । एउटा कोठामा केहीबेर बसेपछि उनलाई फाँसी दिने स्थानमा लगियो । ‘कोठामा तेज प्रकाश थियो, एउटा ठूलो झ्याल थियो । पर्दा हटाइएपछि बुकाननलाई ल्याइयो,’ उनले भनिन् ।

उनका अनुसार बुकाननलाई सोधियो– ‘अन्तिम समयमा केही भन्न चाहनुहुन्छ ?’

जवाफमा बुकाननले भन्यो– ‘यात्रा सुरु गर । म जानका लागि तयार छु ।’

टेरेसाका अनुसार फाँसी दिनुअघि कैदीले दर्शक बसेको ठाउँतिर हेर्दछ । ‘अनौठो अनुभव हुन्छ, जब मर्न लागेको मान्छेले तपाई तिर घुरेर हेर्छ,’ उनले भनिन् ।

मृत्युदण्ड हेरेपछि आफूमा परेको प्रभाव स्मरण गर्दै उनले भनिन्, ‘मृत्युदण्डको दृष्य हेरेर फर्किएपछि आफू ट्राफिक लाइटमा रोकिएको समयमा पनि मोटरको झ्यालबाहिर उसैको अनुहार झल्झली आउँदो रहेछ ।’

उनका अनुसार फाँसी दिइएपछि चिकित्सकले कैदीलाई मृत घोषित गर्दछन् र साक्षीहरुलाई धन्यवाद दिइन्छ ।

केही अघि अर्कान्सस राज्यको न्याय विभागले अपील गर्दै फाँसी सुनिश्चित गर्नका लागि साक्षीको कमी भएको जनाउँदै सर्वसाधारणलाई साक्षीको भूमिका निर्वाह गर्न अनुरोध गरेको थियो । सो अपीलपछि केहीले साक्षी बस्न इच्छा जनाएका छन् । उनीहरुले कानुनको आवश्यकता पुरा गर्नका लागि आफूहरु साक्षी बस्न राजी भएको जनाएका छन् ।

राज्यको नियमअनुसार एउटा फाँसीमा कम्तीमा ६ सम्मानित नागरिकको उपस्थिति अनिवार्य हुन्छ । उनीहरुले फाँसी सही तरिकाले दिइएको छ वा छैन भनेर साक्षीको भूमिका निर्वाह गर्दछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी