एजेन्सी , चैत ३० ।
ट्याक्सी चालकलाई बलात्कार गरेको आरोपमा एक २३ वर्षीय एक महिला पक्राउ परेकी छिन् ।
प्रहरीका अनुसार ओहायोमा ती महिलाले छुरा देखाएर एउटा ट्याक्सी चालकको बलात्कार गरेकी थिईन् ।
ब्रिटनी कार्टर नाम गरेकी उनलाई प्रहरीले पीडितको उजुरीका आधारमा गिरफ्तार गरेको हो । एक पुरुष सहयोगीका साथ रहेकी उनले ट्याक्सी चालकलाई बलात्कार गर्नुका साथै लुटपाटसमेत गरेको बताइएको छ ।
उनले किन यस्तो गरिन् भन्ने अहिलेसम्म नखुलेको भन्दै व्रिटेनी प्रहरी अधिकारी रोबर्ट रिङ्गले लुटपाटका लागि चालकको ध्यान मोड्नका लागि बलात्कार गरेको हुन सक्ने आंशङका गरिएको बताए ।
प्रहरीका अनुसार कार्टरले ट्रिनिटी एक्सप्रेस क्याब सर्भिसबाट २८ जनवरी बिहान एउटा ट्याक्सी बोलाएकी थिइन् ।
ट्याक्सी चालकको भने परिचय खुलाइएको छैन । चालककै उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
कार्टरमाथि यसअघि दुई पटक लागू औषध राखेको आरोप पनि लागिसकेको छ । उनका सहयोगी भने फरार छन् । लुटपाट र बलात्कारमा सहयोगी भूमिका निर्वाह गरेको आरोपमा प्रहरीले उनको खोजी गरिरहेको छ ।