लिबियाका आप्रवासीलाई किनबेच गरिन्छ यूरोपेली बजारमा !

लिबियाका आप्रवासीलाई किनबेच गरिन्छ यूरोपेली बजारमा !

  • बुधबार, चैत्र ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, चैत ३० ।
लिबियाका आप्रवासीहरु यूरोपेली बजारमा दासका रुपमा किनबेच भइरहेको भन्दै अन्तर्रा्ष्ट्रिय आप्रवासी संगठन (आइओएम) ले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

परिचयपत्र नभएका र मानव तस्करलाई दिने पैसा समेत नभएका आप्रवासीहरु दासका रुपमा बेचिंदै गरेको आइओएमले उल्लेख गरेको हो । मानव तस्करहरुले नगरको चोक, सवारी पार्किङस्थलमा समेत आप्रवासीलाई दासका रुपमा बेचेको बताइएको छ ।

लिबियामा आप्रवासीहरुको स्थिति अत्यन्त खराब रहेका बेला उनीहरु दासका रुपमा बेचिने प्रवृत्ति थप चिन्ताजनक भएको आइओएमलाई उदृत गर्दै विविसीले उल्लेख गरेको छ । विभिन्न कारणले दासको बजार भने दिनानुदिन फस्टाएको बताइएको छ ।

लडाकु समूहहरु र मानव तस्करले मानिस अपहरण गर्ने र उनीहरुसँग पैसा नभएमा बेच्ने गरेको अनुसन्धानबाट खुलेको हो ।

बेचिएकामध्ये अधिकांश पुरुष छन् भने बेचिएका महिलालाई जबरजस्ती वेश्यावृत्तिमा लगाइने गरेको आइओएमले जनाएको छ । भूमध्यसागर हुँदै युरोप जान चाहने आप्रवासीका लागि लिबिया महत्वपूर्णस्थल हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी