एजेन्सी, चैत्र २९ ।
लुएवलबाट शिकागोका लागि उड्न लागेको युनाइटेड एयर लाइन्सका कर्मचारीहरूले एक यात्रुलाई जबरजस्ती घिसार्दै बाहिर पठाएको छ ।
उक्त विमानमा युनाइटेड एयर लाइन्सका कर्मचारीहरूले समेत यात्रा गर्दै थिए । क्षमता भन्दा बढी यात्रु राखिएकाले विमानका सदस्यलाई बस्ने ठाउँ नभएका कारण यात्रुलाई जर्बरजस्ती बाहिर निकालीएको समाचारमा उल्लेख गरिएको छ ।
यस घटनाको भिडियो सोसल मिडियामा भाइरल बनेको छ । उक्त भिडियोमा यात्रीलाई घिसार्दै विमान बाहिर निकालेको देख्न सकिन्छ भने पीडित यात्रीलाई चोट लागेको समेत देखिन्छ ।
१७ हजार भन्दा बढीले ट्वीट गरेको उक्त भिडियोमा एक सुरक्षाकर्मीको पोशाक लगाएका व्यक्तिले उनलाई घिसार्दै विमान बाहिर निकालेको देख्न सकिन्छ । उक्त घटनाबारे युनाइटेड एयर लाइन्सले माफी माग्दै घटनाका बारेमा अनुसन्धान भइरहेको बताएको छ ।
शिकागो उड्यान विभागले कर्मचारीहरूको यस्तो व्यवहार माथि कारबाही गर्ने जनाएको छ । यात्रीलाई विमानबाट घिसारेर बाहिर निकाल्ने सुरक्षाकर्मी मध्ये एक जना बिदामा बसेको जानकारी दिँदै विमानस्थल प्रमुखले उनीहरू माथि कडा कारबाही गराउने आश्वासन दिएको छ ।
विमानमा रहेका अन्य यात्रीहरूले समेत विमानस्थलका कर्मचारीहरूको यस्तो व्यवहार घातक भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
//https://youtu.be/ZuKtxJsmWgA