युद्धपोत जहाज तैनाथ पछि अमेरिकासँग युद्ध गर्न उत्तर कोरिया तयार

युद्धपोत जहाज तैनाथ पछि अमेरिकासँग युद्ध गर्न उत्तर कोरिया तयार

  • मङ्लबार, चैत्र २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

एजेन्सी, चैत्र २९ ।
अमेरिकाले उत्तर कोरियाली प्रायद्वीपमा युद्धपोत जहाज तैनाथ गरेपछि उत्तर कोरियाले पनि अमेरिकासँग युद्ध गर्न तयार रहेको जनाएको छ ।

उत्तर कोरियाले बनाएको शक्तिशाली हतियारको सुरक्षा आफ्नै देशले गर्न सक्ने विदेश मन्त्रालयका प्रवक्ताले उत्तर कोरियाली सरकारी समाचार एजेन्सीलाई जनाएका छन् ।
उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताकाअनुसार उत्तर कोरियाले जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको जनाएको छ । उत्तर कोरियाले तयार गरेको आणविक हतियारको खतरासँग सामना गर्न अमेरिका एक्लै तयार रहेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् ।

उत्तर कोरियालाई थप अरू मिसाइल परीक्षण नगर्न दक्षिण कोरिया र चीनले पनि चेतावनी दिइसकेको छ । अमेरिकाले आफ्नो हितको रक्षा गर्न तथा क्षेत्रीय शान्तिका लागि भन्दै उत्तर कोरियाली प्रायदीपमा युद्धपोत जहाज तयारी अवस्थामा राखेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी