एजेन्सी, चैत्र २९ ।
फ्रान्सको उत्तरी क्षेत्रमा रहेको एक शरणार्थी शिविरमा आगलागी हुँदा त्यहाँ रहेका करिब एक हजार पाँच सयभन्दा बढी आप्रवासी शरणर्थी प्रभावित भएका छन् ।
अफगान र कुर्द समूहबीच झडप जारी रहेको समयमा आगलागी भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । शिविरमा स–साना छाप्राहरूमा खचाखच मानिस रहेकाले १० जना मानिस घाइते भएका छन् ।
आगलागीका कारण शिविरमा रहेका सम्पूर्ण छाप्राहरू जलेर नष्ट भएको स्थानीय समाचार संस्थाले जनाएको छ । उक्त शिविरबाट प्रवासीहरूलाई ब्रिटेन लैजानका लागि प्रयोग गर्ने गरिन्छ ।
शिविरमा धेरै हिंसात्मक घटनाहरू बेला–बेलामा हुने गरेको छ । स्थानीय प्रहरीले उल्लेख गरेअनुसार झडपका क्रममा छ जना मानिस आगो लाग्नुभन्दा अगाडि नै चक्कुको प्रहारले घाइते भएका थिए । घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline