एजेन्सी, चैत्र २८ ।
भारतको चेन्नाइमा एउटा बस सडकबीचमै भाँसिएको छ । चेन्नाइको अन्ना सलाइ रोडको स्टपमा रोकिँदा बस सडकमै भाँसिएको हो । उक्त सडकनजिकै मेट्रो रेलको लागि सुरुङ खन्ने काम भइरहेको छ ।
बसमा भएका सबै यात्रुलाई सकुशल उद्धार गरिएको छ । सुरुमा बस रोकेको ठाउँमा जमिनबाट हावा निस्किएको थियो । चालकले टायरबाट धुँवा निस्किएको सोचेर बसका सबै यात्रु बाहिर निकालेका थिए ।
लगत्तै बस र कार गहिरो खाडलमा भासिँदै गएको थियो । प्रहरीले त्यस क्षेत्रको सवारीहरूलाई डाईभर्ट गरिएको छ । मेट्रो रेलको निमार्णका लागि सुरुङ खनिरहँदा त्यस क्षेत्रको माटो खुकुलो भएको कारण सडक भाँसिएको हुन सक्ने रेल मन्त्रालयका अधिकारीले जानकारी गराएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline