टुर्किस एयरलाइन्सद्वारा भर्खरै जन्मेका बच्चाको स्वागत

टुर्किस एयरलाइन्सद्वारा भर्खरै जन्मेका बच्चाको स्वागत

  • सोमवार, चैत्र २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी, चैत्र २८ ।
आइतबार उडिरहेको टुर्किस एयरलाइन्सका कर्मचारीहरूले भर्खरै जन्मेको बच्चाको स्वागत गरेका थिए । उक्त विमान ४२,००० फिट उचाईमा उडिरहेकै समयमा २८ हप्ता गर्भवती रहेकी नैफी डैबीलाई लेबर पेन सुरु भएको थियो । लेबर पेन सुरु भएलगत्तै विमानमा भएका कर्मचारीलगायत विमानमा भएका व्यक्तिहरूले उनलाई सहयोग गरी डेलिभरी गराएका थिए ।

पेट दुखेको केही समयमा उनले विमानमा नै छोरीलाई जन्म दिएकी थिइन् । टुर्किस एयरलाइन्सले आफ्नो अफिसल ट्वीटर पेजमा कर्मचारीहरूसँग खिचेको फोटो राखी जानकारी गराएका हुन् ।

अहिले नैफी र उनकी छोरी बुर्किनास्थित एक अस्पतालमा राखिएको जनाएको छ । आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी