निर्वाचनको क्रममा झडप हुँदा आठको मृत्यु

निर्वाचनको क्रममा झडप हुँदा आठको मृत्यु

  • सोमवार, चैत्र २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी, चैत्र २८ ।
भारतको प्रशासित क्षेत्र काश्मीरमा उप–निर्वाचनको क्रममा झडप हुँदा आठ जनाको ज्यान गएको छ । त्यस क्षेत्रमा श्रीनगर लोकसभाको लागि मतदान जारी रहँदा मतदान केन्द्रमा हिंसात्मक प्रदर्शनसमेत भएको थियो ।

उप–निर्वाचनमा ६ दशमलव ५ प्रतिशत मात्र मत खसेको स्थानीय अधिकारीहरूले जनाएका छन् । घटनालगत्तै पृथकतावादी नेताहरूले निर्वाचन बहिष्कारको आव्हान गरेका थिए ।

भारत सरकारले मतदानका लागि २० हजार सेना थप परिचालन गरेको थियो भने शान्तिपूर्ण निर्वाचन गर्नका लागि इन्टरनेट सेवासमेत बन्द गराएको थियो । मुस्लिमहरूको बाहुल्यता रहेको काश्मीरमा भारत र पाकिस्तानबीच दशकौँदेखि पुरानो विवादको केन्द्र बन्दै आएको छ ।

पाकिस्तानले पृथकतावादी समूहलाई सहयोग गरेको भारतले आरोप लगाएको छ भने इस्लामावादले यसलाई अस्वीकार गर्दै आएको छ । दुबै मुलुकले काश्मीरलाई आफ्नो भू–भाग भनेर दाबी गर्दै आइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी