एजेन्सी, चैत्र २६ ।
फिलिपिन्समा स्थानीय समयानुसार आज बिहान ३ बजेर ८ मिनेटको समयमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्पको गएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस)ले जनाएको छ ।
यूएसजीएसले जनाएअनुसार उक्त भूकम्पको केन्द्रबिन्दु मिन्डोरो प्रान्तबाट ४२ किलोमिटर गहिराईमा रहेको छ ।
भूकम्पको धक्का राजधानी मनिलासहित वाताङ्गस, मिन्डोरो र कालापानका अधिकांश इलाकामा महशुस गरिएको थियो भने भूकम्पका कारण कुनै मानवीय वा भौतिक संरचनाको क्षति भएको खबर प्राप्त भएको छैन ।
तर, लुजोन टापुमा भूकम्पपछि विद्युत् प्रशारणमा अवरुद्ध भएको जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline