म्यानमारमा डुङ्गा दुर्घटना हुँदा बीसको निधन, तीन दजर्नभन्दा बढीको जीवितै उद्दार

म्यानमारमा डुङ्गा दुर्घटना हुँदा बीसको निधन, तीन दजर्नभन्दा बढीको जीवितै उद्दार

  • शनिबार, चैत्र २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी, चैत्र २६ ।
पश्चिम म्यानमारमा करिब ८० जना लिएर शुक्रबार साँझ बन्दरगाह शहर पाथेन नजिकैको नदीमा हिँडेको एउटा डुङ्गामा अर्को एक सामान ओसार्ने डुङ्गासँग ठक्कर खाँदा भएको दुर्घटनामा परी कम्तीमा २० जनाको ज्यान गएको म्यानमारको अधिकारीले आज बताएका छन् ।

डुङ्गामा यात्रारत करिब ३० जनालाई जीवितै उद्दार गरिएको छ । घटनामा मृत्यु हुनेमा १६ जना महिला र चार जना पुरुष रहेको क्षेत्रीय सांसद् आङ् थु हट्वीलाई उद्धृत गर्दै एफएफपीले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यममले डुङ्गा एक विवाह समारोहमा सहभागी भई फर्केका स्थानीयले भरिएको थियो । म्यानमारमा डुङ्गाको भारबहन क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गर्दा वर्षेनी सयौँ मानिसको ज्यान जाने गरेको छ ।

सन् २०१६ को अक्टोबरमा भएको एक दुर्घटनामा मध्य म्यानमारमा रहेको चिनड्वीन नदीमा केही शिक्षक शिक्षिका र विद्यार्थीसहित ७३ जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी