एजेन्सी, चैत्र २६ ।
स्वीडेनको राजधानी स्टकहोमको मध्य भागमा ट्रक पसलमा ठोक्किँ कम्तीमा तीन जनाको ज्यान गएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका न् । स्थानीय समयअनुसार दिउँसो ३ बजे ड्रोटनिङ्गटनस्थित एलेन्स डिपार्टमेन्टल स्टोरमा उक्त घटना भएको हो ।
स्वीडेनका प्रधानमन्त्री स्टेफन लफ्भेनले घटनालाई आतंकवादी हमलाको संज्ञा दिएका छन् । प्रहरीले एक जना सन्दिग्ध ठानिएको व्यक्तिको सीसीटिभी तस्वीरसमेत सार्वजनिक गरेको छ ।
आक्रमणमा प्रयोग भएको ट्रक स्वेडिस ब्रुअरी कम्पनी स्पेण्ड्रप्सको भएको र एउटा रेष्टुरेन्टका लागि आफ्नो उत्पादन पुर्याउन जाँदा बाटैमा अपहरणमा परेको जनाइएको छ । ट्रकबाट सामान झार्दै गर्दा एक अज्ञात व्यक्तिले सो ट्रक लिएर भागेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline