विद्रोहीले गरे अमेरिकी आक्रमणको स्वागत ,सिरियाद्धारा आक्रमणलाइ “अमेरिकी उदण्डता”को संज्ञा

विद्रोहीले गरे अमेरिकी आक्रमणको स्वागत ,सिरियाद्धारा आक्रमणलाइ “अमेरिकी उदण्डता”को संज्ञा

  • शुक्रबार, चैत्र २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी , २५ चैत । सिरियाका विद्रोहीले अमेरिकाले सिरिया माथी आज गरेको आक्रमणको स्वागत गरेका छन् ।

अहिले भएको यो आक्रमण नै पर्याप्त नभएको भन्दै उनीहरुले अझ धेरै आक्रमण गर्न अमेरिकालाई आह्वान पनि गरेका छन् ।

सिरियाको मध्य भागमा भएको आक्रमण ६ बर्ष लामो द्धन्द्धको अवधिमा भएको पहिलो अमेरिकी आक्रमण हो ।

आर्मी अफ इस्लाम फ्याक्सनका प्रमुख मध्ये एक मोहम्मद अलौसले ट्विटरमा यो एउटा हवाई आक्रमण मात्रै पर्याप्त नभएकोले थप आवश्यक रहेको बताउनु भएके छ ।

राष्ट्रपति असर अल असदको शासनबाट सिरियाली जनतालाई मुक्त गर्न संपूर्ण विश्व लाग्नु पर्ने उहाँको भनाई छ ।

अन्य विद्रोही समुहले पनि अमेरिकी आक्रमणको स्वागत गर्दै सिरियाली शासकविरुद्ध निरन्तर यस्तै हमला गर्न आह्वान गरेका छन् ।

सिरियाली शासकविरुद्ध क्रुद्ध हुने क्रममा अमेरिकाले ५९ टोमाहक क्रुज मिसाइलले आज आक्रमण गरेको छ ।

सिरियाली शासक बशर अल असद नेतृत्वको सरकारले रासायनिक हतियार प्रयोग गरी सर्वसाधारणविरुद्ध ज्यादति गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा मिसाईल आक्रमण भएको हो । राष्ट्रपति ट्रम्पले न्यायका लागि आक्रमण गरिएको बताउनु भएको छ ।

अमेरिकाले गत मंगलबार सिरियामा गरिएको रासायनिक आक्रमण गम्भीर भएको र यसको जवाफ त्यही अनुसार नै दिनुपर्ने प्रष्ट पारेको थियो । सिरियाले भने अमेरिकी आक्रमणको भत्सर्ना गरेको छ ।

आक्रमणमा परी अहिले सम्म ६ जना सिरियाली सैनिक मारिएको सिरियाको सरकारी सेनाले दावी गरेको छ । सिरियाको सरकारी टेलिभिजनले अमेरिकाको आक्रमणलाइ “अमेरिकी उदण्डता” को संज्ञा दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी