काबुल, २५ चैत । अफगानिस्तानका विभिन्न स्थानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २८ जना लडाकु मारिएका छन् ।
अफगानिस्तानको सेना, प्रहरी र गुप्तचर संस्थाले संयुक्तरुपमा गरेको सुरक्षा कारबाहीका क्रममा २४ को अवधिमा उनीहरुको मृत्यु भएको सेनाद्वारा आज जारी विज्ञप्तीमा उल्लेख छ ।
मारिनेहरु तालिवानी र इस्लामिक स्टेट (आइएस)का लडाकुहरु रहेको सेनाको दावी छ । देशभरका ३४ प्रदेशमध्ये १३ प्रदेशमा सुरक्षा कारबाही तिव्र पारिएको अफगानी अधिकारीले जनाएका छन् ।
सुरक्षा कारबाहीका क्रममा केही हातहतियार तथा विस्फोटक पदार्थ पनि नियन्त्रणमा लिएर नष्ट गरेको सेनाले जनाएको छ । सेनाले आफ्नोतर्फ कुनै क्षती भएको उल्लेख गरेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline