सिरीयामा विद्रोहीले कब्जा गरेको क्षेत्रमा अमेरिकाद्धारा मिसाइल आक्रमण

सिरीयामा विद्रोहीले कब्जा गरेको क्षेत्रमा अमेरिकाद्धारा मिसाइल आक्रमण

  • शुक्रबार, चैत्र २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी ,चैत २५ ।
अमेरिकाले सिरियाको केही इलाकामा मिसाइल आक्रमण गरेको छ । अहिलेसम्म ५० वटा मिसाइल आक्रमण गरिसकेको बिबिसीले जनाएको छ । सिरियामा विद्रोहीले कब्जा गरेको क्षेत्रमा आक्रमण भइरहेको हो ।

गत मंगलबार सिरियामा भएको रासायनिक आक्रमण गम्भीर विषय भएको र यसको जवाफ त्यही अनुसार नै दिनु पर्ने भन्दै अमेरिकाले मिसाइल आक्रमण गरेको अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत मंगलबार भएको रासायनिक आक्रमणमा २७ बालबालिकासहित धेरैले ज्यान गुमाएका थिए । अहिले भइरहेको मिसाइल आक्रमणको असरबारे भने कुनै जानकारी आएको छैन ।

यसअघि हिजो सिरियामाथिको सम्भावित सैन्य कारबाही बारे अमेरिकाले छलफल गरेको थियो । सिरियाका नागरिकको सुरक्षाबारे भन्दै अमेरिकाको रक्षा मन्त्रालय र राष्ट्रपति कार्यालय ह्वाइट हाउसले छलफल गरेका थिए । छलफलपछि आज अमेरिकाले मिसाइल आक्रमण गरिरहेको हो ।

छलफलमा सिरियाका नागरिकलाई सुरक्षित बसोबासका बारेमा कुराकानी भएको अमेरिकी अधिकारीले बताएका छन् । अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले सिरियाको भविष्यका लागि राष्ट्रपति बसर अल असदको कुनै भूमिका नहरने पनि बताउनु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सिरियाको नेतृत्वलाई केही गर्नुपर्ने चेतावनी दिनु भएको थियो । विकसित देशहरुले सिरियामा द्वन्द्व समाधानमा भूमिका खेल्नुपर्ने उहाँको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी