उत्तर कोरियाद्धारा समुन्द्रबाट मार हान्न सक्कने मिसाइल परीक्षण

उत्तर कोरियाद्धारा समुन्द्रबाट मार हान्न सक्कने मिसाइल परीक्षण

  • बुधबार, चैत्र २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, चैत २३ ।
उत्तर कोरियाले समन्द्रबाट समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाको पूर्वीय तट सिन्पोबाट जापानको समुद्रमा मार हान्न सक्ने मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली र अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

मिसाइल ६० माइलको दूरीमा परीक्षण गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रीहरुलाई उद्धत गर्दै विविसीले जनाएको छ । यो मध्यम दूरीसम्म मार हान्न सकने क्षमताको रहेको बताइएको छ । चीनका राष्ट्रपति सी जिङपिङ अमेरिका भ्रमणमा रहेकै बेला उत्तर कोरियाले विवादास्पद मिसाइल परीक्षण गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निमन्त्रणामा अमेरिका भ्रमणमा रहेका राष्ट्रपति सी जिङपिङ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच उत्तर कोरियाको मिसाइल परीक्षणबारे छलफल गर्ने एजेन्डा तय हुँदा उत्तरले यो कदम चालेको हो ।

दुई नेताबीच उत्तर कोरियाको आणविक महत्वाकांक्षा र त्यसको प्रभावका बारेमा छलफल हुने बताइएको छ । राष्ट्रसंघले उत्तर कोरियालाई कुनैपनि खाले आणविक परक्षणका लागि प्रतिबन्ध लगाएपनि उसले अटेर गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी