चिनिया राष्ट्रपति फिनल्याण्ड प्रस्थान, ट्रप्पसँग भेटवार्ता गर्ने

चिनिया राष्ट्रपति फिनल्याण्ड प्रस्थान, ट्रप्पसँग भेटवार्ता गर्ने

  • मङ्लबार, चैत्र २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

बेइजिङ, २२ चैत । चीनका राष्ट्रपति सि जिनपिङ औपचारिक भ्रमणका लागि आज अपराहन्न बेइजिङबाट फिनल्याण्डतर्फ प्रस्थान गर्नुभएको छ ।

फिनल्याण्डका राष्ट्रपति साउली निनिस्तो र अमेरिकाका राष्ट्रपति ट्रम्पको औपचारिक निमन्त्रणामा राष्ट्रपति सि आज त्यसतर्फ लाग्नुभएको हो ।

राष्ट्रपति सिले अमेरिकाको फ्लोरिडामा समकक्षी डोनाल्ड ट्रम्पसँग भेटबार्ता गर्ने कार्यतालिका समेत रहेको जनाईएको छ ।

उहाँले आजदेखि देखि ६ तारिखसम्म फिनल्याण्डको र ६ देखि ७ तारिखसम्म अमेरिकाको भ्रमण गर्नुहुने भ्रमण तालिका रहेको छ ।

सिको भ्रमण टोलीमा उहाँकी श्रीमती फङ लियुआन, चिनिया कम्युनिष्ट पार्टीको राजनीतिक विभाग सदस्य वाङ हुनिङ, उपप्रधानमन्त्री वाङ याङ, चिनिया कम्युनिष्ट पार्टीको राजनीतिक विभाग सदस्य तथा केन्द्रीय सचिवालय सदस्य लि झान्सुलगायत रहनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी