मेट्रो स्टेशनमा भएको विष्फोटमा कीर्गिस्तानका नागरिक रहेको पुष्टि

मेट्रो स्टेशनमा भएको विष्फोटमा कीर्गिस्तानका नागरिक रहेको पुष्टि

  • मङ्लबार, चैत्र २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

एजेन्सी, चैत्र २२ ।
रूसको सेन्ट पिटर्सवर्गस्थित मेट्रो स्टेशनमा गराइएको विष्फोट काण्डमा कीर्गिस्तानका नागरिक रहेको पुष्टि गरेको छ । केन्द्रीय एशियाली मुलुकको सुरक्षा सेवाले गरेको एके अनुसन्धानबाट सो कुराको पुष्टि भएको हो ।

सेन्ट पिटर्सवर्गको भूमिगत दुई वटा मेट्रो रेल–वे स्टेशनबीच गराइएको उक्त विष्फोटनमा परी ११ जनको ज्यान गएको थियो भने ४५ जना घाइते भएका थिए । घटना कीर्गिज सुरक्षा गार्डमा काम गर्ने अकबारहोन जलिभो नामका व्यक्तिले आत्मघाती बम विष्फोट गराएको रिपोर्टमा उल्लेख गरेको छ ।

उक्त घटनापछि सेन्ट पिटर्सवर्गमा सरकारले तीन दिन शोक मनाउने घोषणासमेत गरेको छ ।रूसका राष्ट्रपति भ्लादिमिर पुटिन सेन्टपिटर्सवर्गको भ्रमणमा रहेकै बेला उक्त विष्फोट गराइएको हो । राष्ट्रपति पुटिनले सोमबार साँझ घटनाको निरीक्षण गर्दै मृतक परिवारप्रति समवेदना व्यक्त गर्नुका साथै मृतकका तस्वीरमा माल्यार्पणसमेत गरेका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका राष्ट्रपति पुटिनलाई फोनवार्ता गर्दै आतंकवादको अन्त्य गर्न अमेरिका सदैव तयार रहेको बताएका छन् । घटनामा घाइते हुनेहरूमध्ये प्रायको अवस्था नाजुर रहेका कारण मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने अस्पताल श्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी