एजेन्सी, चैत्र २२ ।
गत साता अष्ट्रेलियामा गएको चक्रवात डेबी नामक हुरी बतासका कारण गाडीभित्र रहेका एक महिलासहित दुई बालबालिकाको शव न्यू साउथ वेल्स नदीमा आज मृत अवस्थामा फेला परेका छन् ।
स्थानीय अधिकारीले जनाएअनुसार महिलाको पहिचान खुल्न सकेको छैन भने उनका एक सात वर्षीय छोरा र ११ वर्षीया छोरी रहेको छ । उनीहरूलाई ट्वीड् नदीको दक्षिणतिर करिब १,२०० किमिदेखि नै उद्दार गर्न खोजिएको थियो, जहाँ पहिले चक्रवात डेबी सुरु भएको थियो ।
मौसमविज्ञकाअनुसार पुनः बाढी आउन सक्ने चेतावनीसमेत दिएका छन् । अहिले त्यस हुरी बतासले दिशा परिवर्तन गरेर न्यूजिल्याण्डतिर सरेको जनाएको छ ।
अष्ट्रेलियाको बीमा परिषद्ले त्यस क्षेत्रमा क्षति भएको रकम लगभग सात सय ७० लाख अमेरिकी डलर रहेको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline