एजेन्सी, चैत्र २१ ।
रुसस्थित सेन्ट पिटर्सबर्गमा दुई वटा मेट्रो स्टेशनमा विष्फोट हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ भने घटनामा कति मानिस घाइते भएका छन् सो बारे पूर्ण विवरण आउन बाँकी रहेको छ ।
स्थानीय समाचार एजेन्सीले जनाएअनुसार मेट्रो स्टेशनमा ट्रेनको डिब्बामा उक्त विष्फोट भएको हो ।
विष्फोट प्लोसचाड मेट्रो स्टेशनमा भएको हो भने नजिकै रहेको इन्ष्टिच्युट अफ टेक्नोलोजी स्टेशनको बाहिर पनि विष्फोट भएको जनाएको छ । रुसी मिडियाले मेट्रो स्टेशन पुरै खाली गरेको उल्लेख गरेको छ ।
रुसी राष्ट्रपति भ्याल्दिमिर पुटिन पनि सेन्ट पिटर्सबर्गमै भएको बेला उक्त विष्फोट भएको हो । घटनाबारे राष्ट्रपतिलाई जानकारी गराईसकेका छन् ।
विष्फोटपश्चात उनले सुरक्षा एजेन्सीहरूसँग छलफल गरेका छन् भने पुटिनले यो विष्फोटमा आतंकवादसहित सबै कोणबाट जाँच गरिने मिडियाकर्मीहरूलाई जानकारी गराएका छन् ।