एजेन्सी ,चैत्र २१ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको सहयोग बिना नै उत्तर कोरियाको परमाणु चुनौती समाधान गर्न अमेरिका सक्षम रहेको बताउनु भएको छ ।
बेलायती पत्रिका फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले चीनले सहयोग गरे वा नगरे पनि अमेरिका उत्तर कोरियाको परमाणु चुनौती समना गर्न तयार रहेको बताउनु भयो ।
एक्लै उत्तर कोरियाको चुनौती समना र त्यसलाई समाधान गर्न सक्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले आफू त्यसका लागि पूर्णरुपले तयार रहेको बताउनुभयो ।
अमेरिका उत्तर कोरियाको परमाणु चुनौती समाधान एक्लै सक्षम रहेको ट्रम्पको दावी छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको केही दिनअघि मात्रै आएको ट्रम्पको भनाईलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
चिनियाँ राष्ट्रपति सी यही साता अमेरिका भ्रमणमा जाँदै हुनुहुन्छ । उत्तर कोरियामा चीनको प्रभाव रहँदै आएको र उत्तर कोरियाको परमाणु चुनौती समाधानका लागि साथ दिएमा त्यो चीनसहित सबैका लागि राम्रो हुने ट्रम्पको भनाई छ ।