एक धार्मिकस्थलमा आक्रमण हुँदा बीसको हत्या, कैयौं घाइते

एक धार्मिकस्थलमा आक्रमण हुँदा बीसको हत्या, कैयौं घाइते

  • आइतवार, चैत्र २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एजेन्सी, चैत्र २० ।
पाकिस्तानको पञ्चाब प्रान्तको सरगोधा शहरमा रहेको एक धार्मिकस्थलमा सुफी समुदायका महम्मद अलि गुजारका अनुयायीहरू सहभागी रहेको कार्यक्रममा आक्रमण हुँदा बीस जनाको हत्या भएको छ भने कैयौं घाइते भएका छन् । मारिनेहरूमा १७ जना पुरुष रहेका छन् भने तीन महिला परेका छन् ।

स्थानीय समाचार संस्थाले जनाएअनुसार उक्त धार्मिकस्थलको हेरचाह गर्ने व्यक्ति स्वयंले धारिलो हतियारले आक्रमण गरेको हो । घाइतेहरूको जिल्लास्थित अस्पतालमा उपचार जारी रहेको छ ।

गत शुक्रबार रातिबाट आक्रमण सुरु गरिएको भए पनि प्रहरीलाई शनिबार मात्र सो घटनाबारे जानकारी आएको बताइएको छ ।

कार्यक्रममा आएका व्यक्तिहरूलाई सुरुमा विषाक्त खाना खुवाएपछि उनीहरूलाई धारिलो हतियारले आक्रमण गरिएको थियो । घटनाका मुख्य शंकास्पद व्यक्ति अब्दुल वाहिद र उनका तीन जना साथीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी