चीनमा नयाँ नियम लागू, दाह्री पाल्ने र अनुहार ढाक्न प्रतिबन्ध

चीनमा नयाँ नियम लागू, दाह्री पाल्ने र अनुहार ढाक्न प्रतिबन्ध

  • शनिबार, चैत्र १९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

एजेन्सी, चैत्र १९ ।
चीनको सिनजियाङ क्षेत्रमा नयाँ कानून लागू गरिएको छ । इस्लामवादी उग्रवादी ठान्ने समूहविरुद्धको अभियानलाई बेइजिङले तीब्र बनाई रहेकै समयमा चीनस्थित सिजजियाङमा सो कानून लागू गरिएको हो ।

उक्त कानूनले इस्लाम धर्म मान्ने उइगर जातिलाई असाधारण रूपमा ठूलो दाह्री पाल्न र सार्वजनिक स्थलमा अनुहार ढाक्ने गरी वस्त्र लगाउनसमेत प्रतिबन्ध लगाइएको छ ।

अबदेखि उइगर समुदायका केटाकेटीहरूले सरकारी विद्यालयमा नै अध्ययन गर्नुपर्नेछ । आलोचकहरूले नयाँ कानूनले आफ्नो थातथलोको संस्कृति लोप हुने खतरा बढेको बताएका छन् ।

नयाँ व्यवस्थाहरूमा धेरै लामो दाह्री पाल्न नदिने, सार्वजनिक स्थलमा मुख ढाक्ने गरी बुर्कासहितका कपडा लगाउन नमिल्ने र सरकारी टेलिभिजन हेर्न अस्वीकार गर्न नमिल्नेसहितका प्रावधान बनाएका छन् ।

त्यसबाहेक बालबालिकालाई सरकारी विद्यालयमा पढाउनबाट रोक्न नमिल्ने, परिवार नियोजनका नीतिहरू पालना गर्नुपर्ने, धार्मिक मान्यताअनुसार मात्रै विवाह गर्न नहुने जस्ता व्यवस्था राखिएको रोयटर्स समाचार संस्थाले उल्लेख गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी