इराकमा भएको आत्मघाती आक्रमणमा १५ जनाको मृत्यु

इराकमा भएको आत्मघाती आक्रमणमा १५ जनाको मृत्यु

  • बिहिबार, चैत्र १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी,चैत १७।
इराकको राजधानी बग्दादमा भएको आत्मघाती कार बम आक्रमणमा परि कम्तिमा १५ जनाको मृत्यु भएको छ । घटनामा ४० जना भन्दा धेरै घाइते भएका छन् ।

बग्दादमा स्थित प्रहरी चेकपोष्ट नजिक रहेको तेलको ट्यांकरमा लगेर आक्रमणकारीले कार बम विस्फोट गराएको सरकारी अधिकारीले बताएका छन् । घटनाको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।

बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले पछिल्लो समय इराकमा यस्तै खालका आक्रमण गर्दै आएको छ । इराकी सेनाले अहिले आइएसको कब्जामा रहेको मोसुल शहर आफ्नो नियन्त्रणमा लिनका लागि कारवाही अभियान चलाइरहेको छ ।

मोसुल इराकमा आइएसको कब्जामा रहेको अन्तिम शहरी क्षेत्र हो । अमेरिकी गठबन्धन सेनाको सहयोगमा भइरहेको कारवाही अभियान निष्कर्ष तर्फ उन्मुख भएको इराकी सेनाले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी