अस्वेत आन्दोलनका अगुवा कथ्राडाको निधन

अस्वेत आन्दोलनका अगुवा कथ्राडाको निधन

  • मङ्लबार, चैत्र १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

जोहनेसबर्ग, १५ चैत ।

दक्षिण अफ्रिकामा भएको अस्वेत आन्दोलनका अगुवा अहमद कथ्राडाको आज विहान निधन भएको छ ।

स्वेतहरुले गरेको शासनका विरुद्ध भएको अस्वेत आन्दोलनका अगुवा तथा दक्षिण अफ्रिकाका सर्वोच्च नेता नेल्सन मण्डेलाका सबै भन्दा नजिकका सहयात्री कथ्राडाको ८७ वर्षको उमेरमा निधन भएको हो ।

कथ्राडा मण्डेलासँग सन् १९६४ मा आन्दोलन र जेलमा संगसगै पर्नुभएको थियो । उहाँहरुले नेतृत्व गरेको आन्दोलनले संसारको ध्यानाकर्षण गर्न सफल भएको थियो । उहाँले २६ वर्ष तीन महिना कारागारका विताउनुभएको थियो ।

मस्तीष्कको शल्यक्रिया भएको केहीदिनमै जोहानसबर्ग स्थीत अस्पतालमा उहाँको मृत्यु भएको हो ।

अस्वेत विरुद्ध गरिने भेदभाव विरुद्धको आन्दोलन सकिएपछि उहाँ सन् १९९४ देखि सन् १९९९ सम्म संसद् सदस्य बन्नुभएको थियो ।

उहाँको निधन भएकोमा अफ्रिकामा गहिरो दुःख व्यक्त गरिएको छ । अहमद कथ्राडा फाउन्डेसनका प्रमुख निशान बाल्टोनले शोक वक्तव्य प्रकाशित गर्दै उहाँको निधनले मुलुकलाई ठुलो क्षती पुगेको बताउनुभएको छ ।

स्वेतहरुले गरेको शासनका विरुद्ध अस्वेतहरुले गरेको संघर्षमा उहाँ १७ वर्षको उमेर देखिनै सक्रिय हुनुभएको थियो ।

उहाँलाई भद्र, निःश्वार्थी, त्यागी, सहयोगी र उदार व्यक्तिको रुपमा धेरै जानाले चिन्दथ्ये । उहाँले जलेमा रहेकै बेला अध्ययन गरेर चार ओटा विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी