एजेन्सी ,चैत्र १५ ।
जर्मनीको एक सङग्राहलयमा रहेको एक सय किलोग्रामको सुनको सिक्का चोरी भएको छ ।
बर्लिनमा रहेको बोडे सङग्राहलयबाट रातको समयमा ४० लाख अमेरिकी डलर मुल्यको सुनको सिक्का चोरी भएको बिबिसिले जनाएको छ ।
बेलायतीकी महारानी एलिजाबेथको चित्र अंकित विग मेफल लिफ नाम दिईएको सिक्का २४ क्यारेट सुनबाट बनेको थियो ।
सुरक्षा उपकरणलाई बन्द गरेर झण्डै आधा मिटर लामो सुनको सिक्कालाई चोरले कसरी लगे भन्ने पत्ता लाग्न नसकेको र अनुसन्धान भईरहेको बताईएके छ ।
क्यानेडियन कालिगढले सन् २००७ मा सो सिक्का कुँदेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
५ लाख ४० हजार सामान रहेको सङग्राहयबाट सो सिक्काबाहेक कुनै पनि सामान चोरी नभएको स्थानिय प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline