विश्वव्यापी रुपमा आणविक हतियारमा प्रतिबन्ध लगाउने सम्बन्धको छलफल बहिस्कार

विश्वव्यापी रुपमा आणविक हतियारमा प्रतिबन्ध लगाउने सम्बन्धको छलफल बहिस्कार

  • मङ्लबार, चैत्र १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी १४ चैत्र ।
राष्ट्रसंघीय सुरक्षा परिषदले विश्वव्यापी रुपमा आणविक हतियारमा प्रतिबन्ध लगाउने सम्बन्धमा छलफल गर्न बोलाएको बैठक राष्ट्रसंघ सुरक्षा परिषदका स्थायी सदस्य सहित झण्डै ४० देशले बहिस्कार गरेका छन् ।

अमेरिका, बेलायत, फ्रान्स लगायत ४० देशले विश्वव्यापी रुपमा आणविक हतियारमा प्रतिबन्ध लगाउने सम्बन्धमा छलफल गर्न बोलाएको बैठक बहिष्कार गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

अन्य एक सय २० भन्दा धेरै देश भने प्रस्तावको पक्षमा छन् । गत अक्टोबरमा राष्ट्रसंघको एक सम्मेलनमा परमाणु हतियारमा कानुनी रोक लगाउने सन्धिमा वार्ता गर्ने घोषणा गरिएको थियो ।

चीन, भारत र पाकिस्तानले समेत वार्ताको विपक्षमा मतदान गरेका थिए । त्यस्तै सन् १९४५ मा आणविक आक्रमण झेलेको एक मात्र देश जापानले समेत वार्ताको विरुद्धमा मतदान गरेको थियो ।

यसैबिच राष्ट्रसंघका लागि अमेरिकी राजदुत निकी हेलीले परमाणु हतियारमाथि विश्वव्यापी प्रतिबन्ध लगाउनु उचित कदम नभएको टिप्पणी गर्नुभएको छ । राष्ट्रिय सुरक्षाका लागि परमाणु हतियार आवश्यक रहेको राजदुत हेलीको भनाई छ ।

सबैले परमाणु हतियार बिहीन विश्वको चाहना गर्ने भएपनि उत्तर कोरिया जस्ता देशका कारण यो आवश्यक रहेको उहाँको दाबी छ । उत्तर कोरियाले पछिल्लो समय लगातार विभिन्न क्षमताका परमाणु हतियार तथा मिसाइल परीक्षण गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी