एजेन्सीं,चैत १४।
अमेरिका समर्थित सिरियाका विद्रोही कुर्दिस लडाकुले रक्कास्थित इस्लामिक स्टेट आइएसको प्रमुख हवाई अड्डालाई आफूहरुले नियन्त्रणमा लिएको दाबी गरेको छ ।
सिरियाली डेमोक्रेटिक फोर्सका प्रवक्ता तलाल सेलोले अमेरिका समर्थित कुर्दिस लडाकुले टकवा हवाई अड्डा नियन्त्रणमा लिएको दाबी गरेको विविसीले उल्लेख गरेको छ ।
रक्का आइएसको गढ मानिन्छ । आइएसले सन् २०१४ मा हवाई अड्डा कब्जामा लिएको थियो । यसअघि यो हवाई अड्डा सिरियाली सेनाको नियन्त्रणमा थियो ।
हवाई हड्डा नियन्त्रणमा लिएर इस्लामिक स्टेटले डैम र रक्का नजिकै रहेको टबका कस्बेमा समेत अधिकार जमाउँदै आएको थियो ।यस्तै आइएसले हिजो टबका डैममा तनाव हुन सक्ने चेतावनी दिएको थियो ।
आइएसको चेतावनीपछि मानिसहरु शहर छाडेर बाहिर जान थालेका थिए । तर पछि आइएसले शहर बाहिर नजान सर्वसाधारणलाई अपील गरेको थियो ।