एजेन्सी १३ चैत्र ।
अफ्रिकी मुलुक कंगोमा कसाईमा विद्रोही समूहले ४० जना सुरक्षाकर्मीको शीर छेदन गरी हत्या गरेका छन् । प्रहरीलाई धरापमा पारी शीर हत्या गरिएको अन्तर्राष्टिय सन्चार माध्यमहरुले जनाएका छन् ।
प्रहरीको बन्दोबस्तीको सामान बोकेको गाडीलाई विद्रोही समूह कामविना नासापुले धरापमा पारेको थियो । गाडीमा ४६ जना प्रहरी रहेकामा ६ जनालाई भने मुक्त गरेको अधिकारीहरुले बताएका छन् ।
गत अगष्टमा आफ्ना नेता मारिएपछी आक्रोशित बनेको उक्त समूहले सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गरिरहेका छन् ।
त्यस यता कंगोको कसाईमा मात्रै ४ सय मानिस मारिएको राष्ट्रसंघले जजनाएको छ । द्वन्द्वकै कारण त्यहाँबाट करिब २ लाख मानिस बिस्थापित भएका छन्
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline