एजेन्सी १३ चैत्र ।
बंगलादेशको उत्तर पूर्वी शहर सिलहटमा दुई वटा बम विस्फोटन हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक प्रहरी अधिकारी समेत रहेको बताइएको छ ।
सिलहटका प्रहरी प्रवक्ताका अनुसार मारिनेमा एक जना आक्रमणकारी हुन सक्ने आशंका गरिएको छ । घटनामा अन्य ४० जना घाइते भएका छन् ।
आक्रमणकारी र सुरक्षाकर्मीबीच भिडन्त भइरहेका समय भवन नजिक विस्फोट भएको अधिकारीलाई उधृत गर्दै बिबीसीले जनाएको छ ।
सिलहटमा सुरक्षाकर्मीले बिद्रोही विरुद्ध कारवाही अभियान चलाइरहेको छ । अहिले बिद्रोहीलाई पक्राउ गर्ने अभियान तीब्रा पारिएको जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline