राष्ट्रपतिद्धारा औषधि आपूर्तिमा सहयोग गर्न आग्रह

राष्ट्रपतिद्धारा औषधि आपूर्तिमा सहयोग गर्न आग्रह

  • शनिबार, चैत्र १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं ,चैत्र १२ । भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले औषधि आपूर्तिमा सहयोग गर्न संयुक्त राष्ट्रसंघ सँग आग्रह गरेको छ ।

राष्ट्रपति मडुरोले राष्ट्रसंघसँग औषधिको माग व्यवस्थापन र वितरण गर्न सक्ने विशेषज्ञ रहेको भन्दै सहयोगका लागि अनुरोध गर्नुभएको हो ।

मागको हिसाबमा आफुसँग जम्मा ५ प्रतिशत औषधि रहेको भेनेजुएलाको चिकित्सक संघले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

इन्धनको मुल्यमा आएको भारी गिरावटका कारण भेनेजुएलाले गम्भिर आर्थिक संकट भोग्नु परेको छ । खाद्यान्नको चरम अभाव भोगिरहेका भेनेजुएलाका जनताले घण्टौँ लाईन बसेर आधारभुत आवश्यकताका सामान खरिद गर्ने गरेका छन् ।

विश्वको सबै भन्दा ठुलो मध्येको एक इन्धन उत्पादन क्षमता भएको भेनेजुएला दयनिय अवस्थामा रहेको बीबीसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी