सदनमा ट्रम्पलाई आफ्नै पार्टीका नेताको असहयोग,ओबामा केयर निस्तेज पार्ने योजना विफल

सदनमा ट्रम्पलाई आफ्नै पार्टीका नेताको असहयोग,ओबामा केयर निस्तेज पार्ने योजना विफल

  • शनिबार, चैत्र १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी , चैत्र १२ ।

काठमाडौं, चैत १२ । आफ्नै पार्टीका नेताहरुको असयोगका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसदमा पेश गरेको स्वास्थ्य बिमासम्बन्धि नयाँ हेल्थ केयर विधेयक फिर्ता लिनुभएको छ ।

स्वास्थ्य बिमा सम्बन्धमा पूर्व राष्ट्रपति बराक ओबामाले ल्याउनुभएको ऐनको विपक्षमा रहनु भएका ट्रम्पले त्यसको खारेजीका लागि नयाँ ऐन ल्याउन लाग्नुभएको थियो ।

तर ट्रम्पको उक्त विधेयकमा उाकै पार्टी रिपब्लिकनका सांसदले असहयोग भएपछि मतदानका लागि तयारी अवस्था रहेको विधेयक फिर्ता लिनुभएको हो ।
४ सय ३५ सदस्यीय तल्लो सदनमा रिपब्लिकनको स्पष्ट बहुमत अर्थात् २ सय ३७ सीट रहेपनि आफ्नै सांसदले नसघाउने देखिएको अन्तराष्टिय सन्चार माध्यमले जनाएका छन् ।

विधेयक पारित गर्न २ सय १८ मत भए पुग्नेमा त्यति पनि पुर्‍याउन नसकेर विधेयक फिर्ता लिनुपर्दा राष्ट्रपति ट्रम्प प्रसाशनलाई ठूलो धक्का लागेको छ ।

केही साताअघि ट्रम्प प्रशासनले नयाँ हेल्थ केयर विधेयक कंग्रेसको तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’मा दर्ता गरेको थियो । निर्धारित समय अनुसार बिहीबारको मतदान, रिपब्लिकन पार्टीको आन्तरिक संर्घषका कारण स्थगित गरिएको थियो । पुनस् शुक्रबार मतदान तय भएपनि, असहयोग हुने भएपछि ट्रम्पको निर्देशनमा हाउस सभामुख पल रायनले विधेयक फिर्ता लिनुभएको थियो ।

आफ्नै पार्टीका विधायकहरुका कारण असफल भएपनि ट्रम्पले त्यसको दोष भने विपक्षी डेमोक्र्याटिक पार्टी माथि लगाउनु भएको छ भने सभामुख रायनले विधेयक फिर्तालाई दुस्खद दिनको रुपमा टिप्पणी गर्नुभएको छ ।

गत निर्वाचनमा राष्ट्रपतीय उम्मेदवार हिलारी क्लिन्टनले ट्विट गर्दै अमेरिकी जनताको जितको भएको चित्रण गर्नुभयो ।

संघीय सरकारको प्रभावी भूमिका रहेको र अहिलेसम्मकै सबैभन्दा ठूलो ‘वेलफेयर’ स्वास्थ्य कार्यक्रम, ओबामा केयरलाई उल्टयाउने वर्षौदेखि रिपब्लिकन पार्टीको योजना मात्र नभएर,गत राष्ट्रपति निर्वाचनमा समेत ट्रम्पको एक नम्बरको एजेण्डा थियो ।

घरेलु राजनीतिको सबैभन्दा विवादास्पद कानुनलाई उल्टाउने अभियानमाआफ्नै पार्टीका कंग्रेसनेताहरुबाट साथ नपाएपछि, वर्षौंदेखिको रिपब्लिकन पार्टीको सपना अहिलेलाई तुहिएको छ ।

सुरक्षित निर्वाचन क्षेत्रबाट निर्वाचित अति अनुदारवादी कंग्रेस नेताहरुको समूह ‘फ्रिडम ककस’ले संघीय बिमा नीति अनुरुप अनिवार्य प्रावधानमा रहेका आकस्मिक सेवा, महिला एवं प्रजनन स्वास्थ्य सुविधा, मानसिक स्वास्थ्यलगायत सेवाको व्यवस्थालाई पूर्णत खारेज गनुपर्ने माग राख्दै आएपनि मुख्य विमति थियो ।

मूलधारको रिपब्लिकन नेतृत्वबाट नरुचाइएको यो समूह, सन २००९ मा उदय भएको ‘टी पार्टी मुभमेन्ट’ बाट अभिप्रेरित छ । यसअघि पनि बजेट नीतिमा आफ्नै पार्टीको यो समूहसँगको टकराव पछि रिपब्लिकन नियन्त्रित हाउसका तत्कालीन सभामुख जोन बोयनरले सन २०१५ मा राजीनामा दिएका थिए ।

रिपब्लिकन पार्टीले ओबामा केयरले अमेरिकी जनताको स्वतन्त्रता खासेको, रोजगार नष्ट गरेको आरोप लगाउदैं आएका छन भने डेमोक्र्याटिक पार्टीले अमेरिकी इतिहासमै यो सर्वसुलभ स्वास्थ्य सेवा रहेको दाबी गर्दै आएका छन् । दशकौंदेखि सातजना डेमोक्रयाट् एवं रिपब्लिकन राष्ट्रपतिले हेल्थकेयरलाई परिमार्जन गर्न असफल भएपनि, ओबामाको विधेयक कंग्रेसको दुवै सदनबाट पास भएपछि, सन २०१० मा कानुन बनेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी