एजेन्सी, चैत ११ ।
भूमध्यसागर हुँदै युरोप प्रवेश गर्न खोज्ने २ सय ४० जना आप्रवासी चढेको डुंगा समुद्रमा डुबेको छ । स्पेनको प्रोएक्टिवा ओपन आम्र्स नामक एक सहायता दलले लिबियाको तटीय क्षेत्रमा आप्रवासी चढेको टुंगा डुबेको जनाएको हो ।
अहिलेसम्म समुद्रबाट पाँच जनाको शव निकालेको सहायता दललाइ उद्धत गर्दै विविसीले जनाएको छ । मानव तस्करले डुंगामा क्षमताभन्दा बढी आप्रवासीलाई लिएर गइरहेका बेला डुंगा डुबेको बताइएको छ ।
अघिल्लो वर्ष युरोप प्रवेश गर्न खोज्ने आप्रवासी चढेका डुंगा दुर्घटना हुँदा ५ हजार भन्दा बढीको मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline