चीनले सन् २०१७ मा कोइला प्रयोगमा ३० प्रतिशत कम गर्ने

चीनले सन् २०१७ मा कोइला प्रयोगमा ३० प्रतिशत कम गर्ने

  • बिहिबार, चैत्र १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

एजेन्सी , १० चैत । यस वर्ष चीनले बेइजिङमा कोइला प्रयोगमा ३० प्रतिशतले कमी ल्याई वायु प्रदूषण नियन्त्रण प्रयासमा योगदान गर्ने बेइजिङ म्युनिसिपल कमिसनको सहर व्यवस्थापन समितिले जनाएको छ ।

बेइजिङले यस वर्ष कोइला प्रयोगलाई ७० लाख टनभित्र ल्याउने कमिसनले जनाएको छ ।

बेइजिङले कम गुणस्तरको कोइलालाई शुद्ध कोइलाको प्रयोग र हाल प्रयोग हुँदै आएको कोइलालाई विभिन्न उपायद्वारा घटाइने आयोगका उपप्रमुख वेन झोङले बताउनुभयो ।

बेइजिङको कोइला प्रयोगलाई नियन्त्रण गर्न साङसी प्रान्तबाट बेइजिङ प्राकृतिक ग्यास ल्याइने गरी निर्माण कार्य जारी रहेको उहाँले बताउनुभयो । ग्यास लाइन निर्माण कार्य आगामी अक्टोबरको अन्त्यसम्म पूरा हुने चाईले बताउनुभयो ।

स्थानीय अधिकारीले यस वर्षको सुरुमा दुई अर्ब ६० करोड अमेरिकी डलरको वायु प्रदूषण नियन्त्रण योजनाको घोषणा गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी