लन्डन आक्रमणको जिम्मेवारी आईएसले लियो

लन्डन आक्रमणको जिम्मेवारी आईएसले लियो

  • बिहिबार, चैत्र १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

लन्डन, १० चैत । बेलायतको राजधानी लन्डनमा बुधवार भएको आक्रमण इस्लामिक स्टेट (आईएस) ले आफ्नो समूहद्वारा गराएको भनी जिम्मेवारी लिएको छ ।

आईएसको निकट मानिने अमास न्युज एजेन्सीमार्फत् उक्त समूहले अाज(बिहीबार)आक्रमणको जिम्मेवारी लिएको हो ।

अमास न्युज एजेन्सीको ट्वीटर पेजमा एक सन्देश जारी गर्दै भनिएको छ, “आईएसका एक सिपाहीले बेलायती संसदमा भएको आक्रमण गराएका र आक्रमण गठबन्धन राज्यका मानिसलाई लक्षित गरिएको थियो ।”

सन्देशमा व्यक्त भावअनुसार आक्रमणकारीलाई आईएसद्वारा प्रोत्साहित गरिएको र प्रत्यक्ष रुपमा आक्रमणको तालिम दिएको स्काई न्युजले जनाएको छ ।

यसैबीच बेलायती प्रधानमन्त्री थेरेसा मेले अाज संसदलाई सम्बोधन गर्दै आक्रमणकारी बेलायती मूलका एक व्यक्ति भएको र उसका बारेमा प्रहरी र सुरक्षा सेवामा कार्यरत अधिकारीलाई जानकारी रहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीले आक्रमणकारी बेलायती सुरक्षा सेवाद्वा हिंसात्मक आतङ्कवादी आक्रमण गराउन सक्ने भनी सुरक्षा अधिकारीबाट विगतमा गरिएका अनुसन्धानमा ल्याइएका व्यक्ति भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी