लण्डन हमलाको विश्व समुदायबाट निन्दा

लण्डन हमलाको विश्व समुदायबाट निन्दा

  • बिहिबार, चैत्र १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी १० चैत्र ।
बेलायतको लण्डनमा पाँच जनाको ज्यान जानेगरी भएको आतंकवादी हमलाको विश्व समुदायबाट निन्दा भएको छ । विश्वका नेताहरुले घटनाको निन्दा गर्दै बैलायतसंग ऐक्यबद्धता जनाएका छन ्।

मध्ये लण्डनस्थित ब्रिटिश संसद भवन नजिक भएको आतंकवादी हमलामा परी पाँच जनाको ज्यान गएको छ । घटनामा एक प्रहरी र एक हमलाकारीको समेत मृत्यु भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

एकजना हमलाकारीले आफु चढेको कार पदयात्रीहरु भएतिर जोत्दा वेष्टमिन्सटर पुलमा तीन जना मारिएका थिए । त्यसपछि ती हमलाकारीले संसद बाहिर एक प्रहरीलाई छुरा प्रहार गरे र लगत्तै ती हमलाकारीलाई गोली हानिएको थियो ।

फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ ओलान्दले घटना दुखद भएको भन्दै बेलायती जनताले जे बेहोरेका छन् त्यो फ्रान्सले पनि महशुश गर्न सक्ने बताउनु भयो । “हामी फ्रान्सको तर्फबाट ब्रिटेनलाई सम्पूर्ण साथ र समर्थन प्रकट गर्दछौं। ओलान्दले बताउनु भयो ।

फ्रान्सको शहर नीसमा पनि गत वर्षको जुलाईमा एक पुरुषले लरी जोत्दा ८४ जनाको ज्यान गएको थियो । यस्तै जर्मन चान्सलर एंगेला मर्कलले बेलायती जनताप्रति समवेदना प्रकट गर्नुभएको छ ।

त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि समवेदना प्रकट गर्दै ब्रिटिश सुरक्षा फौजको प्रशंसा गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी