बेलायतद्धारा विमानमा ल्याप्टप बोक्न प्रतिवन्ध

बेलायतद्धारा विमानमा ल्याप्टप बोक्न प्रतिवन्ध

  • बुधबार, चैत्र ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

एजेन्सी चैत ९।
बेलायतले इलेक्ट्रोनिक्स सामान लिएर विमानमा चढ्न नपाउने नियम लागु गर्ने भएको छ । बेलायतले पनि मध्य पूर्व र उत्तर अमेरिकी देशबाट क्याबिन ब्यागमा ल्याप्टप, ट्याबलेट सहितका इलेक्ट्रोनिक्स सामान राखेर विमान चढ्न नपाउने नियम लागु गर्ने भएको हो ।

बेलायतले टर्कीबाट पनि विद्युतीय सामान बोकेर विमान चढ्न नपाउने नियम लागु गरेको बिबिसीले जनाएको छ । अमेरिकाले स्मार्टफोन भन्दा ठूलो आकारका इलेक्ट्रोनिक्स सामान बोकेर विमान चढ्न नपाउने निमय लागु गरे लगतै बेलायतले पनि यो नियम लागु गर्ने निर्णय गरेको हो ।

अब टर्की, लेबनान, जोर्डन, इजिप्ट ट्युनिसिया र साउदी अरेबियाबाट हुने सीधा उडानमा यात्रुले ल्याप्टप सहितका सामान बोक्न पाउने छैनन् । बेलायतको प्रतिबन्ध विभिन्न १४ एयरलाइन्समा लागु हुने बिबिसीले उल्लेख गरेको छ ।

यस्तै अमेरिकाका विभिन्न १० विमानस्थलमा सेवा दिँदै आएका नौ वटा एयरलाइन्स यो नियमबाट प्रभावित हुने छन् । डिभिडी प्लेअर, इलेक्ट्रोनिक्स गेमसहितका सामान पनि बोक्न पाइने छैन ।

टर्की सरकारले प्रतिबन्ध गलत भएको भन्दै निर्णय फिर्ता लिन माग गरेको छ । क्यानडाले पनि विमानमा इलेक्ट्रोनिक्स सामान बोक्न नपाउने नियम लागु गर्ने तयारी गरेको छ । सुरक्षाको कारण देखाउँदै इलेक्ट्रोनिक्स सामान प्रतिबन्ध लगाउन लागिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी