एजेन्सी ७ चैत्र ।
सिरियाको राजधानी दमासकसको बाहिरी क्षेत्रमा सरकारी सेना र विद्रोही समूहबिच भीषण संघर्ष भइरहेको जनाइएको छ ।
दमासकसस्थित जोबार जिल्लामा सरकारी प्रतिरक्षा पंक्ति तोड्नु अघि विद्रोहीले दुईवटा आत्मघात विस्फोट गराएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।
सेनाले यही घटनाको जवाफ स्वरुप कारबाही अभियान चलाइरहेको छ । त्यहाँ सँर्घषका क्रममा गोप्य सुरुङ मार्गसमेत प्रयोग भएको अधिकारीलाई उधृत गर्दै बिबीसीले उल्लेख गरेको छ ।
मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार संघर्षमा गोलाबारुद तथा रकेटको पनि प्रयोग भएका छन् ।
उक्त क्षेत्रमा विद्रोही विरुद्ध सरकारी ३० भन्दा धेरै युद्ध विमान खटिएका छन् । त्यो क्षेत्रमा रहेका विद्रोहीलाई हटाउन संघर्ष गरिरहेको सेनाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline