काठमाडौ २ चैत्र ।
अमेरिकाको उत्तर पुर्वी राज्यमा आएको हिम आँधिका कारण करिब ५ करोड मानिस प्रभावित भएका छन् । मौसमका कारण विद्यालयहरु बन्द गरिएका छन् भने हवाई उडान पनि हुन सकेका छैनन् ।
न्युयोर्क, न्युजर्जी, पेन्सीलभेनिया र भर्जिनिया राज्यमा विशाल आँधि सहितको हिमपातले जनजीवन ठप्प बनाएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।
अमेरिकी राष्ट्रिय मौसम आयोगले पुर्वी पेन्सीलभेनिया देखि मेन सम्मको क्षेत्रमा अझै ठुलो आँधी आउने पुर्वानुमान गर्दै स्थानियलाई सचेत गराएको छ ।
हिमआँधीपछि त्यहाँ संकटकालको घोषणा गरिएको छ । अमेरिकामा आएको आँधीका कारण जर्मन चान्सलर एंगेला मर्केलले वासिङ्गटन भ्रमण स्थगित गर्नुभएको छ ।
अमेरिकामा आएको हिम आँधीका क्रममा पछिल्लो केही दिनमा ५ जनाको मृत्यु भएको अमेरिकि सञ्चारमाध्यमले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline